देवचुली,एलिना केसि देवचुली नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना भाईरस कोभिड–१९ संक्रमण पुष्टि भएपछि ५ दिनका लागि सेवा बन्द गरिएको छ । सोमबार देवचुली नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै नगरपालिका कार्यालबाट प्रवाह हुने स्वास्थ्य सेवा लगायत अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरिने जनाईएको छ । देवचुली नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, प्रमुख प्रशासकीय अधिकृतमा समेत कोरोना पुष्टि भएपछि अन्य कर्मचारी सँग कन्ट्रयाक्टमा रहेकाले ५ दिनका लागि सेवा बन्द गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै नगरपालिका भवनबाट सेवा प्रवाह हुने वडा कार्यालयहरुको अत्यावश्यक सेवाहरु अन्य वडा कार्यालहरुबाट प्रवाह हुने गरेको र कतिपय वडा कार्यालयहरुबाट सेवा प्रवाहहुदाँ अत्यावश्यक भिडभाडका कारण संक्रमण फैलिरहेकाले अति आवश्यक सेवाका लागि मात्र वडा कार्यालयहरुमा सम्पर्क राखी सेवालिन समेत सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको छ ।
देवचुली नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना पुष्टि भएपछि ५ दिनका लागि सेवा बन्द