खगेन्द्र पराजुली, ११ भदौ, नवलपुर । कोभिड १९ नेगेटिभ देखिएका कावासोतीका एक पुरुषको उच्च रक्तचापका कारण ज्यान गएको छ । आज बिहीवार अस्पताल डुलाउँदा डुलाउँदै कावासोती १५ का ४२ बर्षका पुरुषको ज्यान गएको हो । साउन २६ गते दुबईबाट आई होम क्वारेन्टाईनमा बसेका ती पुरुषको ३२ गते कुमारी केन्द्रबाट स्वाव संकलन गरी गरिएको परिक्षणमा साउन ३ गते प्राप्त रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा कावासोतीले जनाएको छ । आज बिहान करीब सात बजेतिर अकस्मात ब्लड प्रेसर बढेपछि घरमै लडेका उनी तत्कालै प्यालाईसिसको अवस्थामा पुगेको प्रारम्भिक उपचारमा संलग्न भई शुरुमै प्रेसर जाँच गरेका स्थानीय मेडिकल सञ्चालक स्वास्थ्यकर्मीले जानकारी दिएको वडा नं. १५ का वडाध्यक्ष देबनारायण महतोले बताए । प्रेसरले हानेर प्यारालाईसिसको चरण देखिएपछि उपचारका लागी भरतपुरको पुरानो मेडिकल कलेज पुर्याएपनि अस्पतालले भर्ना नलिएपछि त्यहाँबाट फर्काएर नयाँ मेडिकल कलेज सिएमसी ल्याउँदै गर्दा मृत्यु भएकाले घरमै फर्काएर ल्याएको पारीवारिक स्रोतसँग निकट ती स्थानीय स्वास्थ्यकर्मीले दिएको जानकारी वडाध्यक्ष महतोले बताएका छन । वडाध्यक्ष महतोले अहिले शव घरमा ल्याईसकेकोले परिवार ठूलो पीडामा परेकाले परिवारबाटै तत्कालै थप बिस्तृत रुपमा बुझ्न नसकिएको जानकारी दिएका छन ।
अस्पताल डुलाउँदा डुलाउँदै कावासोतीका एक पुरुषको गयो ज्यान