- दोरेन्द्र खड्का, बझाङ
बझाङको जयपरृथ्वी नगरपालिका जिल्लाका १२ ओटै स्थानीय तहमध्ये स्वास्थ्य सेवामा उत्कृष्ट भएके छ।
शनिवार भएको प्रदेश स्वास्थ्य निर्देशनालयको वार्षिक समीक्षामा नगरपालिकालाई उत्कृष्ट स्थानीय तहको रुपमा सम्मानित गरेको हो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक जिल्लाका एक एक ओटा स्थानीय तहलाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत गरेको हो।
एक कार्यक्रमका विच मुख्यमन्त्री त्रिलोचन भट्टले जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खडका लाई नगरपालिका ले प्राप्त गरेको ४० हजार नगद पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका छन। प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका स्थानीय तहमध्ये स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा गरेको योगदान, कार्यक्रम कार्यान्वयनलगायत विषय हेरर स्थानीय तहहरुलाई अङ्क दिएर उत्कृष्ट छनोट गरिएको जनाएको छ।
उत्कृष्ट हुनेमा बझाङ्गको जयपृथ्वी नगरपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको रामारोशन गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका, कैलालीको टिकापुर नगरपालिका, कञ्चनपुरको बेदकोट नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, बैतडीको पाटन नगरपालिका र दार्चुलाको नौगाड गाउँपालिका रहेका छन्।