मंगलबार नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमित थपिएका छन् । ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा आज १ हजार ५ सय ५१ जना संक्रमित थपिएका हुन् । जसमध्ये १ हजार १७ जना उपत्यकामा हुन् ।
योसँगै संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । जसमध्ये देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित हुन् ।
आज २ हजार ३ सय ४० संक्रमित उपचारपछि निको भएका छन् । योसहित संक्रणमुक्त हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।
कहाँ-कहाँ थपिए आज संक्रमित ? सूची :

