भैरहवा । डीस होममा डिलर दाईको डिस्काउन्ट स्किम अन्तर्गत वार्षिक रिचार्ज गरि भैरहवा शान्तिनगर निवासी संजीवनी पुनले एक लाख नगद पुरस्कार प्राप्त गरेकी छिन् ।
रुपन्देहीको सिद्धार्थनगर-५ स्थित ओकेजन गिफ्ट एण्ड प्रोभिजन स्टोरबाट गत फागुन महिनामा डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत संजीवनी पुनले उक्त नगद पुरस्कार प्राप्त गरेकी हुन् ।
सो रकम एक कार्यक्रमका बिच नेपाल डि.टि.एच. का राजकुमार सेन र डीस होमका सेल्स अफिसर मदन सापकोटा र सेल्स मेनेजर विश्वराज पाण्डे लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।