[आज मिति २०७७ साल असोज १३ गते मंगलबार । तदनुसार सेप्टेम्बर २९ तारीख । नेपाल संवत ११४०]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्रीय व्यक्तिसंग भेट घाट होला । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ । व्यवसायबाट लाभ नै रहला ।
वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा) : परीक्षा आदि प्रतिस्पर्धामा उत्तिर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । वाहन सुख मिल्नेछ ।
कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।
तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । यात्राका अवसर पनि मिल्नेछन् ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ । सामान हराउने वा चोरी हुने भयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : श्रीवृद्धिका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुपनि पराजित हुनेछन् ।
मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मित्र संग मीठो भेट घाट रहनेछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।