रामधुनी :सुनसरीको रामधुनीमा लागुऔषधविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय«य रामधुनी क्लबले कोरोना महामारीको विश्वव्यापी सङ्कटका कारण युवा पुस्ता खाली भयका र विद्यार्थीहरू घरमै बस्नुपरेकाले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढिरहेको छ । रामधुनी वडा नं ५ कार्यालयको सहयोगमा आयोजित कार्यक्रम रक्षा फाउन्डेसनको सहकार्यमा सम्पन्न भएको छ । विशेष गरी युवा पुस्ता यस्ता समस्याबाट बढी प्रभावित भइरहेकाले यसबाट उनीहरूलाई बचाउन कार्यक्रम गरिएको युवा सागर लामिछानेले जनाएको छ ।
रामधुनी क्षेत्रमा लागुऔषधविरुद्धका कार्यक्रमलाई क्लबले प्राथमिकता दिनेछ, यो विषयमा हामीले छलफल पनि गरिसकेका छौँ । यो सुरुवाती कार्यक्रम हो, यस्तै र यो भन्दा प्रभावकारी कार्यक्रमलाई क्लबले निरन्तरता दिने कार्यक्रमलाई क्लबका अध्यक्ष खेमराज पौडेलले बताए । सुरुवाती कार्यक्रम मात्रै भएको र लागुऔषधविरुद्धका विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए
राष्ट्रिय रामधुनी क्लबद्वारा लागुऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम