कावसोती ,असोज १०। कावासोती नगरपालिका वडा न १ मा रहेको पोखरीताल सामुदायिक बनको अध्यक्ष लगायत सबै पदाधिकारीहरु सर्वसहमत चयन भएका छन।आज बेलुका अवेरसम्म चलेको छलफलबाट युवा तबारक अहमद मियाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति तथा रुपा अर्यालको नेतृत्वमा ३ सदस्यीय लेखा समिती सर्वसहमतिमा चयन गरिएको निर्वाचन समितिका संयोजक शिव प्रसाद भट्टराईले जानकारी दिए।
नव-निर्वाचित कार्य समितिमा अध्यक्ष तबारक अहमद मिया ,उपाध्यक्ष सपना श्रेष्ठ ,सचिब सद्दाम हुसेन,सहसचिब खेम प्रसाद भुसाल,कोषाध्यक्ष सिखा मल्ल रहेका छन भने सदस्यहरुमा राधा अधिकारी ,ऐस्वर्या बिक, रियाज खान,रमाकान्त न्यौपाने,केस माया सिंजाली र हस्त बहादुर लामा रहेका छन।तेस्तै रुपा अर्याल संयोजक रहेको लेखा समितिमा लक्ष्मण श्रेष्ठ र उस्मान गानी मिया सदस्यका रुपमा चयन भएका छन।
पोखरिताल सामुदायिक बनका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा पोखरीताल सामुदायिक बनको सभाहलमा सप्पन्न कार्यक्रमबाट निर्वाचित समितिको कार्यकाल दुई वर्षको रहनेछ।आफुलाइ विश्वास गरेर सर्वसहमत रुपमा अध्यक्ष चयन गरेकोमा नव निर्वाचित अध्यक्ष तबारक अहमद मियाले सबैलाइ धन्यवाद ज्ञापन गर्दै आफ्नो जिम्मेवारी कुशलता पुर्वक निभाउन र बनको सर्वोत्तम हितमा कार्य गर्न आफू सधै लाग्ने बताए।
पोखरीताल सामुदायिक वनको अध्यक्षमा मिया सर्वसहमत