रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीको दैनिक कोरोना (कोभिड १९) संक्रमित प्रतिवेदन अनुसार जिल्लामा ५९ पुरुष र २३ महिला गरि ८२ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार ८२ जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार २ सय ८२ पुगेको छ ।
आज थपिएका संक्रमितहरुमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ४२, सिद्धार्थनगरमा ९, तिलोत्तमामा १९, देवदहमा २, ओमसतियामा २, सैनामैनामा ५ र रोहिणीमा ३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।
संक्रमण पुष्टि भएका मध्ये १५ सय ३१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने ७ सय सक्रिय संक्रमित उपचाररत रहेका छन् ।