नवलपुरको विनयी त्रीवेणी गाउपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आउने २ जना गण्डकी प्रदेशको नवलपुरको विनयी त्रीवेणी गाउपालिकाका रहेको कुरा स्वास्थ निर्देशनालय गण्डकी पर्देशले जनाएको छ।
संक्रमित दुई जनानै विनयी त्रीवेणी गाउपालिका वडा न १ का ३७ वर्ष र ४२ वर्षका पुरुषहरु रहेका छन।उनिहरुलाई उपचारको लागि नवलपुरको अस्थायी कोरोना हस्पिटल प्राकृतिक चिकित्सालय रजहरमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। थप दुई संक्रमित सङ्गै अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७२१ पुगेको जस्मा १५२७ जना सफल उपचार पश्चात् निको भएर फर्किसकेका छन।
नवलपुरको विनयी त्रीवेणिमा थप दुइजनामा कोरोना संक्रमण,प्रदेशमा संक्रमितको संख्या १७२१,निको हुने १५२७