पोखरा,असोज ६।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५२३ पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २० जना संक्रमितहरु भेटिएका हुन। पछिल्लोपटक नवलपुरको मध्यविन्दु नगरपालिकामा ४ जना तथा विनयी त्रीवेणी गाउपालिकामा ५ जना सहित नवलपुरमा थप ९ जना संक्रमित भएका छन।त्यस्तै कास्कीको पोखरा महानगरपालिकामा ११ जना नया संक्रमित थपिएका छन।
थप भएका नया संक्रमित मध्य कास्की जिल्ला, पोखरा महानगरपालिका-७ का ५ जना नेपाल प्रहरीमा कार्यरत , पोखरा महानगरपालिका-३ का ३०, ४५, ३० बर्षका व्यक्तिहरु क्रमशः सुनसरी, सप्तरी र भारतबाट आई क्वारेन्टाइनमा बसेका रहेका छन भने अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट् ट्रेसिङबाट पहिचान भएका हुन | संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ|
नवलपुरमा ९ सहित गण्डकी प्रदेशमा २० जनामा कोरोना संक्रमण पुष्टि