उमेश बि.क / नवलपरासी ,३१ साउन नवलपरासीको सरावल गाउपालिकाले समुदायस्तरमा पाच सय जनाको निशुल्क पिसिआर परिक्षण गरिने सरावल गाउपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिएका छन । नवलपरासीकाे विभिन्न स्थानमा समुदाय स्तरमा काेराेना देखिए संगै सरावल गाउँपालिका बासिकाे स्वास्थ्यप्रती चिन्तन ब्यक्त गर्दै पाच सय जनालाई गाउपालिकाले आफ्नै पालिकाको बजेट बाट निशुल्क पिसिअार परिक्षण गरिने अध्यक्ष चाैधरीले जानकारी गराएका हुन ।
समुदाय स्तरमा काेराेना देखिए संगै शुक्रबार सरावल गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी तथा समुदाय स्तरका ४९ जनाको पिसिआर परिक्षण गरि पठाईएकाे सरावल गाउँपालिका स्वास्थ्यशाखा संयाेजक अाेम नरायण देवकोटालेले बताए । पिसिअार परिक्षण गर्नकाे लागि ४९ जनाको स्वाव संकलन गर्दै ल्याब टेक्निसियन गणेश अर्यालले रिपाेट नअाउदा सम्म सम्पुर्णलाई पुर्ण रुपमा हाेम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन ।
त्यस्तै कोरोना संक्रमण फैलिदै गएपछि शनिबार मध्यरात देखि निषेधाज्ञा जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिएका छन । निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द तथा अनावश्यक रुपमा हिँडडुल गर्न समेत रोक लगाइएको गाउँपालिका अध्यक्ष चाैधरीले जानकारी दिए ।
सरावल गाउपालिकाले समुदायस्तरमा ५०० जनाको निशुल्क पिसिआर टेस्ट गर्दै