भाद्र २७ नवलपुर ।
नवलपुरको कावासोतिमा विभिन्न संघ संस्थाको संस्थाहरुको सहकार्यमा युवाहरुले आठौ दिनदेखी संचालन गरिरहेको फुड बैंक र मास्क बैंक कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएको छ । आज आठौ दिनमा प्रवेश गर्दै गर्दा फुड बैंकमा सहयोग गर्ने तथा फुड बैकबाट सहयोग लिनेहरुको ओइरो नै लागिरहेको छ ।
महाअभियान हरेक दिन एक मुट्ठी दान सामाजिक अभियानको पहल तथा ड्याड नेपाल ,JCI नवलपुर ,हेल्प अर्गनाइजेसनको आयोजनामा जारी फुड तथा मास्क बैकमा हालसम्म ३५० बढिले खाद्यान्न सामाग्री प्राप्त गरेको तथा ८०० बढि मास्क वितरण गरिसकेको फुड बैंक तथा मास्क बैंकका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन । भुर्तेलले अहिलेसम्म विभिन्न क्षेत्रका सामाजिक मनहरुले पवित्र उद्देश्यले सहयोग गरेको र हालसम्म २ लाख दस हजार बराबरको खाद्यान्न र मास्क सहयोग गरिएको बताए ।
आज आठौ दिन पनि निरन्तर सन्चालनमा रहेको अभियानले असक्त जो अभियान सन्चालन स्थल सम्म आउन नसक्ने बिपन्न परिवारलाई चामल,दाल,नुन,तेल लगायत सामाग्री घर मै पुगेर हस्तान्तरण गरिएको छ । यस अन्त्रगत कावासोती १० मगरकोट कावासोती ८ मा एक / एक घर परिवारलाई र कावासोती ३ मा चार घर परिवारलाई हस्तान्तरण गरिएको छ ।