कृष्ण पौडेल /सुनवल । पश्चिम् नवलपरासीमा लियो क्लव अफ रामनगर सुनवल १२ भुमही ले अति बिपन्न बालबालिकाहरुको उज्ज्वल भविष्यको कामना गर्दै शैक्षिक सामाग्री बितरण गरेको छ । लियो क्लब अफ रामनगरका प्रथम उपाध्यक्ष पवन पाण्डेको अध्यक्ष तथा भद्रकाली प्रा बि का अध्यक्ष देवन गुरुङको प्रमुख अतिथिक्तामा सम्पन्न भएको छ ।
पश्चिम् नवलपरासीको सुखौरा र खुर्सानीवारि भन्ने गाउका र भद्रकाली प्रा०वि० मा कक्षा १ देखी ५ सम्म अध्ययनरत १०० जान बालबालिकाहरुलाई २५ दर्जन कापी २० दर्जन पेन्सिल १०० पिस मेटाउने १०० पिस तिखार्ने बितरण गरिएको लियो क्लब अफ रामनगर का सचिव जिबन पाण्डेले बताउनु भयो। सो कार्यक्रमको लागी सहयोग गर्ने क्लबका १५ जना सदस्यहरु सहित सम्पूर्ण सहयोगी हातहरु लाई लियो क्लब अफ रामनगरले धन्यवाद ज्ञापन समेत गरेको छ । कार्यक्रम संचालन जीवन पाण्डे ले गरेका थिए।