नवलपुर,भाद्र २२।प्याब्सन नवलपुरले एक विज्ञप्ति जारी गर्दै भाद्र २० गते विनयी त्रीवेणी गाउपालिका वडा न ६ मा रहेको उज्ज्वल शिशु इङलिस वोर्डिङ स्कुलका प्रीन्सीपलले कुटपिट गरि अभिभावकको खुट्टा भाचेको भनेर मिडियामा आएको घटनाको खण्डन गरेको छ।प्याब्सन नवलपुरका सचिब भिम कंडेलद्वारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा निज अभिभावक विद्यालयका लेखापालको घरमा भेट हुदा छोराहरुको तीन बर्षदेखिको बाकी रहेको शुल्क माग्दा अभिभावकले आफुले तिरिसकेको बताएपछी विद्यालयको खाता देखाउन लैजाने क्रममा घरको सिडिबाट लडेर उनको खुट्टा भाचिएको जनाएको छ।साथै विज्ञप्तिमा भनिएको छ, घटना घटिसकेपछी अभिभावक बाबुराम आचार्यलाई बुटवल हस्पिटल पुर्याएर उपचार समेत प्रीन्सिपलले गराएको तर पछि उनले मिडियाको प्रयोग गरेर घटनालाई अतिरन्जित गरि आर्थिक असुल उपर गर्ने नियत राखी मुद्दा दर्ता गरेको भन्दै मिडियालाई समेत दुबै पक्षको यथार्थ कुराहरु बुझेर समाचार प्रसारण गर्न आग्रह गरिएको छ।साथै सबै सरोकारवाला हरु बसेर घटनालाइ मिलाउन आग्रह गर्दै संस्थागत विद्यालयहरु प्रतिको आक्रमण बन्द गर्न समेत सचेत गराइएको छ।
भ्रमात्मक तथा एकपक्षीय समाचार प्रसारण भएको भन्दै प्याब्सन नवलपुरको ध्यानाकर्षण (विज्ञप्ति सहित)