नवलपुर, जेठ २३ — मध्यबिन्दु नगर बाल सञ्जालद्वारा आज दुई वटा विद्यालयलाई बालमैत्री स्थानीय शासन सूचक सहितको फ्लेक्स हस्तान्तरण गरिएको छ।
मध्यबिन्दु-७ स्थित नवजागरण नमुना माध्यमिक विद्यालय र नवलपुर आवासीय माध्यमिक विद्यालयमा सुचक सहितको फ्लेक्स हस्तान्तरण गरिएको हो। नवजागरण नमुना माध्यमिक विद्यालयमा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद देवकोटा र अंग्रेजी माध्यमका शिक्षक रामचन्द्र सुवेदीलाई सूचक हस्तान्तरण गरिएको हो भने नवलपुर आवासीय माध्यमिक विद्यालयमा प्रधानाध्यापक देवीलाल पाठकलाई सूचक हस्तान्तरण गरिएको बाल सञ्जालकी सदस्य लक्ष्मी अधिकारीले जानकारी दिइन्।
बालमैत्री स्थानीय शासन अवधारणाअनुसार विद्यालयहरूमा बाल अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सूचकहरू निर्धारण गरि लागू गर्ने प्रयास गरिएको हो।