चोरमारा ,जेठ १३। नवलपुरमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। आज विहान करिब ६ बजेतिर मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री बाटोमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन्।
अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सवार तीनै जना व्यक्ति घाइते भएका थिए। घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल डण्डा लगिएको थियो।
उपचारको क्रममा मध्यविन्दु-७ का नवीन कुमाल र रादिम मिथुनको मृत्यु भएको छ भने गम्भीर घाइते बर्दघाट-५ का मनिष घर्ती मगरको भरतपुरको नया मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।