बैशाख ८ ,कावासोती । नेपाल दराई (दरै) उत्थान समाज नवलपुरको आयोजनामा तीन दिने उद्वघोषण तथा नेतृत्व विकास तालिम आज शुभारम्भ भएको छ।
कावासोती-३ मा रहेको होटल लक्सको सभाहलमा संस्थाको अध्यक्ष गौतम दराईको अध्यक्षता सुरु भएको उद्वघाटन कार्यक्रममा गण्डकी प्रदेशको पुर्व सदस्य माननीय ओमकला गौतमको प्रमुख आतिथ्यता रहेको थियो।नवलपुरका ८ वटै पालिकाका प्रतिनिधिमुलक सहभागीता रहेको तालिममा ४४ जना सहभागी रहेका छन।कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले कार्यक्रम अत्यन्तै उदाहरणीय रहेको भन्दै दराई समाजलाई आफुले विगतमा पनि सहयोग गरिरहेको र आगामी दिनमा पनि दराई समुदायको विकास तथा समाजले गर्ने रचनात्मक कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरिन ।
तालिममा आज पहिलो दिनको सहजीकरण गण्डकी स्किल लर्निङ एकेडेमीका सहजकर्ताहरु श्रीराम तिमिल्सिना र किरण भुर्तेलले गरेका थिए।तालिमको उद्वघाटन समारोहमा समाजसेवीहरु बालकृष्ण घिमिरे ,गोकुल सापकोटा ,हेम प्रसाद पाण्डे,यामकला बस्याल,दराइ समाजका प्रमुख सल्लाहकार चन्द्र बहादुर दरै,केन्द्रिय सचीव बेल बहादुर दराई,कावासोती २ का वडाध्यक्ष शिव प्रसाद पाण्डे ,लुम्बिनी कलेजका क्याम्पस प्रमुख बाबुराम राना तथा सहजकर्ताहरु अधिवक्ता कमल चापागाईं ,कमला राना ,युवा नेताहरु हरिवंश सुवेदी ,कुमार क्षेत्री लगायतको उपस्थिति रहेको थियो।तालिमको अन्तिम दिन बैशाख १० गते दराई उत्थान समाजको क्यालेन्डर समेत विमोचन गर्ने कार्यक्रम रहेको छ।
तालिम प्रयोगात्मक विधिबाट बोल्ने कलाको विकास र नेतृत्व सीप विकासलाइ समेटेर तिन दिन सम्म चल्ने जानकारी दिदै कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष गौतम दराइले धन्यवाद समेत ज्ञापन गरेका थिए।