कावासोतीमा बसले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ।
कावासोती नगरपालिकाको वडा न १ छहारीचोक स्थित भित्री सडकखण्डमा कोइलापानीबाट फलफुलचोक तर्फ आउदै गरेको ना १ क ५८१७ नं को गण्डकी बोर्डिङ स्कुलको बसले सडकमा खेल्दै गरेको कावासोती १ बस्ने यम पौडेलको २२ महिनाको छोरा सम्राट पौडेललाई ठक्कर दिदा घाइते भई उपचारको लागि नवलपुर अस्पताल कावासोती ल्याइएको थियो।बालकको उपचारको क्रममा मृत्यु भएको छ।
बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।