असोज ५, कावासोती नवलपुर होटल व्यवसायी संघले एकदिने अतिथी सत्कार तालिम कार्यक्रम आज सम्पन्न गरेको छ।कावासोती ८ को होटल नया थालिको सभाहलमा आज सम्पन्न तालिममा नवलपुरको विनयी त्रीवेणी गाउपालिका,मध्यविन्दु नगरपालिका ,कावासोती नगरपालिका ,वौदिकाली गाउपालिका र वुलिङ्गटार गाउपालिकाका विभिन्न होटल संचालकहरु सहभागी भएका थिए।
युएसआइडी र साझेदार संस्था एन्साबको आर्थिक सहयोगमा सम्पन्न तालिममा होटलमा आउने अतिथिहरुलाइ कसरी सहि ढङ्गबाट आतिथ्यता प्रदान गर्ने,राम्रो स्वागत सत्कार गर्ने भन्ने विषयमा पोखराबाट आएका प्रशिक्षक समीर बरालले प्रशिक्षण गरेका थिए।कार्यक्रममा एन्साबका प्रतिनिधि विनोद चापागाईंले एन्साबको बारेमा र अन्य विभिन्न सत्रहरुमा सुमन लम्साल र नवलपुर होटल व्यवसायी संघका उपाध्यक्ष यम प्रसाद न्यौपानेले सहजीकरण गरेका थिए।
कार्यक्रमका सभाध्यक्ष नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना मगरले सहभागी सबैलाइ धन्यवाद दिदै यहि असोज ७ गतेबाट नवलपुरका विभिन्न पालिकाहरुमा खाद्य सुरक्षाको विषयमा समेत तालिम संचालन गर्न लागिएको जानकारी दिएका छन।