तिमी लेख कविता,म गजल केरेर जिन्दगी बिताउँला मलाई हेर तिमी, म तिमीलाई हेरेर जिन्दगी बिताउँला
सधैंभरि सुख शान्ति चाहिदैन मलाई तिमी भए पुग्छ भरपुर माया दिई अङ्गालोमा बेरेर जिन्दगी बिताउँला
जिन्दगी भनेको त सुख दु:ख को साथी हो बुझ प्यारी घमण्डि नबन्नु तिमी सबै काम टेरेर जिन्दगी बिताउँला
सुनको महल दिन सक्दिन तिमीलाई झुपडीमा बास छ, सुख दु:ख झुत्रा झाम्रा कपडा फेरेर जिन्दगी बिताउँला
जिउन ठूलो धनराशि हैन, दु:खमा साथ चाहिन्छ प्यारी घृणा हैन तिमीलाई,मायाले घेरेर जिन्दगी बिताउँला