कावासोती ,चैत्र १० ।मेन्टर एजुकेसन कावासोतिले आयोजना गरेको मेन्टर कप क्रीकेट प्रतियोगिताको मैत्रीपुर्ण खेलको फाइनल खेल नेविसंघ नवलपुरले जितेको छ।
नेविसंघ र अखिल क्रान्तिकारीका विचमा सम्पन्न खेलमा नेविसंघले क्रान्तिकारीलाई हराएको हो।
यश अघि क्रान्तिकारीले रास्ट्रीय प्रजातान्त्रिक युवा संघ र नेविसंघले अनेरास्ववियु नवलपुरलाइ पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।फाइनल खेलको म्यान अफ द म्याच नेवि संघका सुवास तिमिल्सिना घोषित भएका थिए।