कावासोती ,फागुन २८।
नेवि संघ लुम्बिनीले लुम्बिनी आदर्श डिग्री कलेजलाइ ८ वुदे ध्यानाकर्षण पत्र बुझाएको छ। आज नेविसंघ लुम्बिनी माबी इकाइ र लुम्बिनी कलेज इकाइले संयुक्त रुपमा विभिन्न माग हरु सहित ध्यानाकर्षण पत्र वुझाएका हुन।
मावी र कलेजको समितीका सभापति क्रमश सुजल अधिकारी र प्रज्वल क्षेत्री द्वारा हस्ताक्षर गरिएको पत्र कलेजका प्रमुख बाबुराम राना मगरलाइ आज दिउँसो हस्तान्तरण गरिएको नेवि संघ लुम्बिनी कलेजका सभापति प्रज्वल क्षेत्रीले जानकारी दिएका छन ।
पत्रमा ल्यावको सहि व्यवस्थापन तथा नियमित प्रयोग,लाइब्रेरीको उचित व्यवस्थापन ,गाडिको रुटको सहि व्यवस्थापन ,गार्डेन निर्माण लगायतका ८ माग हरु समेटिएको छ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रमुख रानाले नेविसंघका मागहरु आफुले गम्भीर रुपमा लिएको र पूरा गर्न हरसम्भव कोशिस गर्ने प्रतिबद्धता व्यक्त गरेको समेत सभापति क्षेत्रीले बताए।