नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा पहिलो मेन्टर कप जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ।प्रतियोगिता फाल्गुन १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नवलपुर भित्रका कलेज ,क्लब लगायतका संस्थाहरु गरि २० टिमको सहभागिता रहने आयोजक संस्था मेन्टर एजुकेशन कावासोतीले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुनेले ५१ हजार १ सय ५५ रुपैयाँ र दोस्रो हुनेले २५ हजार १ सय ५५ रुपैयाँ पुरस्कार राशी पाउने छन्।प्रतियोगिताको उत्कृष्ट खेलाडिले नगद २५०० ,उत्कृष्ट बलरले २५०० र उत्कृष्ट ब्याट्सम्यानले २५०० नगद सहित मेडल प्राप्त गर्नेछन।
नक आउट चरणमा टेनिस बल प्रयोग गरि खेलाइने प्रतियोगिता कुमारवर्ती क्याम्पसको खेलमा मैदानमा हुने भएको खेल संयोजक किरण भुर्तेलले बताए ।प्रतियोगितामा नवलपुरका स्थानीय खेलाडी ,नवलपुरका कलेजमा अध्ययनरत विद्यार्थी र कुनै संस्थामा कार्यरत खेलाडीहरुले मात्रै भाग लिन पाउने पनि संयोजक भुर्तेलले जानकारी दिए।