नवलपुर । नवलपुरका चर्चित लोक गायक कृष्ण गैरेले रास्ट्रीय स्तरको अवार्ड जित्न सफल भएका छन।उनले विशाल मुभिज प्राइभेट लिमिटेडले प्रदान गरेको तेस्रो रास्ट्रीय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० अन्तर्गत वर्षको सर्वोत्कृष्ट मौलिक गायक अवार्ड (जुरि तर्फ) हात पारेका हुन।
उनले अघिल्लो वर्ष सार्वजनिक गरेको गित मुटु रेटिन्छ बाट उक्त अवार्ड हात पारेका हुन। नोमिनेसनमा परेका तारा दिन्छौ र,यो मन दोमन भयो,माया तिम्रो साथैमा र यानी माया लोकगितहरुलाइ पछि पार्दै गैरेले उक्त अवार्ड जित्न सफल भए।हिजो फागुन १ गते चलचित्र बिकास बोर्डको हलमा भव्य समारोहका विचमा अवार्ड वितरण गरिएको थियो।
नवलपुरे लोक गायक कृष्ण गैरेले जिते रास्ट्रीय अवार्ड