कावासोती । नेकपा माओवादिको भातृ संगठन वाइसियल नेपालको कावासोती नगर अधिवेशन सम्पन्न भएको छ।
हिजो मंगलबार कावासोती स्थित पार्टी कार्यालयमा भएको अधिवेशनले ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ। अधिवेशनले कावासोती नगर अध्यक्षमा कृष्ण रेग्मी सचीवमा रेखा परियार सहित ३१ सदस्यीय समिती गठन गरेको वाइसियल नेता चन्द्र रानाभाटले जानकारी दिए।
कार्यक्रममा जिल्ला स्थित माओवादी केन्द्रका नेताहरु तथा अखिल क्रान्तिकारी नवलपुरका विद्यार्थी नेताहरुको समेत उपस्थिति रहेको थियो।