कावासोती ,नवलपुर।हिजो सार्वजनिक भएको एसइइ परिक्षाको नतिजा अनुसार कृतिका काफ्ले जिल्ला प्रथम हुन सफल भएकि छन।हिजो प्रकाशित नतिजामा काफ्ले ३.९५ जिपिय प्राप्त गर्दै जिल्लाको प्रथम भएको विद्यालयको प्रधानाध्यापक प्रदिप बास्तोलाले जानकारी दिएका छन।उता छोरी जिल्ला प्रथम हुदा आफू अत्यन्तै खुसी भएको र आगामी दिनमा समेत छोरिले यस्तै सफलता प्राप्त गर्नेमा आफू आशावादी रहेको भन्दै बुबा झबिन्द्र काफ्लेले खुसी व्यक्त गरेका छन।कावासोती ६ बिस्णुनगर निवासी काफ्ले सानैदेखि अत्यन्तै अनुशासित तथा मेहनती भएको पनि विद्यालयले जनाएको छ।विश्वज्योती आवसिय माविले विगतमा पनि राम्रो नतिजा दिएको र अहिले पनि त्यसैको निरंतरता भएको भन्दै आगामी दिनमा अझै राम्रो नतिजा निकाल्न विद्यालयले कुनै कसर नराख्ने समेत प्रीन्सिपल बास्तोलाले बताए।
विश्वज्योतिकी छात्रा कृतिका एसइइ परिक्षामा जिल्ला प्रथम