कावासोती ,नवलपुर ।कावासोतिको राममन्दिर खेलमैदानमा भएको खुल्ला नकाउट फुटबल प्रतियोगिताको फाइनल खेल बेलुवा फुटबल क्लबले जितेको छ। सोमबार भएको फाइनलमा खेलको अन्तिम समयमा बेलुवा फुटबल क्लबले एक गोल गर्दै १-० ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो।
गण्डकी आज अनलाइन मिडियाको बार्षिकोत्सबको अबसरमा भानु युथ एकेडेमी र लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको सहकार्यमा आयोजित खुल्ला नकाउट सेभेन ए साइड फुटबल प्रतियोगितामा २२ टिम सहभागी भएका थिए।कावासोती युवा क्लबले राइजिङ स्टार हुप्सेकोटलाइ तथा बेलुवा फुटबल क्लबले थुम्किदेवी समाज कोलियालाइ पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।उपाधी जितेको बेलुवाले ३० हजार नगद सहित ट्रफी ,मेडल हात पार्यो भने उपविजेता कावासोतिले १५ हजार नगद सहित मेडल ट्रफी हात पारेको खेल संयोजक सुक बहादुर गुरुङले बताए।बिजेतालाइ कार्ययक्रमा प्रमुुख अतिथि कावासोती नगरपालिका - वडा न ३ का वडााध वडाध्यक्ष डोरमान गिरिले पुरस्कार हस्तान्तरण गरेेेअकक गरेका थिए।
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा अस्ट्रेलियाको लागि उत्कृष्ट गन्तव्यको रुपमा रहेको फोर नेसन्स कावासोती रहेको छ।अस्ट्रेलियाको लागि अत्यन्तै भरपर्दो ,सहज ढंगले विद्यार्थी पठाउन सफल फोर नेसन्सले प्रतियोगितामा प्रथम पुरस्कार सौजन्य गरेको छ भने जापानको लागि ख्यातिप्राप्त सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले कार्यक्रमा द्दितिय पुरस्कार सहयोग गरेको छ।
कावासोतीलाई हराउदै बेलुवाले जित्यो खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधी