कावासोती। कावासोती । नवलपुरको सदरमुकाम कावासोतिमा बिहिवार देखि सुरु भएको खुल्ला नकाउट सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार पनि ४ खेल भएको छ।कावासोती ३ मा रहेको राम मन्दिर खेलमैदानमा सुरु भएको प्रतियोगितामा २२ टिमको सहभागीता रहेको छ। प्रतियोगिताको दोस्रो दिनमा चार खेल सम्पन्न भएको छ।हिजो भएको पहिलो खेलमा सयपत्री फुटबल क्लब सातघरेले मगरकोट फुटबल क्लबलाइ २-१ ले,दोस्रो खेलमा देवचुली ११ ले लोसेधारा फुटबल क्लबलाइ २-१ ले ,तेस्रो खेलमा रजहर एफसिले भगवती एकता समाजलाइ २-० ले र अन्तिम खेलमा कावासोति युवा क्लबले योङ्गस्टार युवा क्लब नन्दपुरलाइ २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन।
प्रतियोगितामा आज शनिबार बिहान ७:३० बजेदेखी खेलहरु हुनेछ।कार्यक्रमको मुख्य प्रायोजकको रुपमा अस्ट्रेलियाको लागि उत्कृष्ट गन्तव्यको रुपमा रहेको फोर नेसन्स कावासोती रहेको छ।अस्ट्रेलियाको लागि अत्यन्तै भरपर्दो ,सहज ढंगले विद्यार्थी पठाउन सफल फोर नेसन्सले प्रतियोगितामा प्रथम पुरस्कार सौजन्य गरेको छ भने जापानको लागि ख्यातिप्राप्त सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले कार्यक्रमा द्दितिय पुरस्कार सहयोग गरेको छ।प्रतियोगिताको आयोजना गण्डकी आज अनलाइ मिडिया,भानु युथ एकेडेमी क्लब र लायन्स क्लब अफ कावासोती सप्तरङ्गीले सहकार्यमा गरेका छन।
कावासोतिमा जारी फुटबल प्रतियोगितामा शुक्रवार चार खेल ,शनिवार बिहानैदेखी खेल हुने