भोजराज भुर्तेल, फाल्गुण १३ ,नवलपुर । नेपाली काङ्ग्रेसको भातृ संगठन विद्यार्थी संघ नवलपुरले आफ्नो संगठन बिस्तारको कार्यलाइ तिव्र पारेको छ।नेविसंघ केन्द्रिय समितिले हरिवंश सुबेदिलाइ जिल्ला अध्यक्ष मनोनीत गरेपछी सुबेदिको नेतृत्वमा जिल्लाभर पालिका तथा कलेज समिती निर्माण कार्यलाइ तिव्र पारिएको हो।
केही समय अघि नवलपुरको आठ वटा पालिका संयोजक र सहसंयोजक टुङ्गाएको नेवि संघले हाल नवलपुरका विभिन्न कलेज हरुमा आफ्नो इकाई समिती गठन गरिरहेको छ।आशन्न स्ववियु निर्वाचन तथा पछिल्लो समय सुस्ताउदै गएको विद्यार्थी आन्दोलनलाइ माथी उठाउन कलेज समिती निर्माणमा जिल्ला समिती लागिपरेको जिल्ला अध्यक्ष सुबेदिले बताए।
यो विचमा आफुहरुले ७ वटा कलेजहरुमा कमिटी गठन गरेको र त्यसमध्य लुम्बिनी आदर्श डिग्री कलेजमा सभापतिमा सहमती हुन बाकी रहेको समेत सुबेदिले बताए ।हालसम्म समिती गठन भएका कलेजहरुमा मध्यबिन्दु बहुमुखी क्याम्पस कावासोतीमा बिक्रम कंडेल , जनज्योति कलेज प्रगतीनगरमा गङ्गा रानाभाट , कालिका सस्कृत बिधापिठ गैंडाकोटमा नारायण बस्याल , नबजागरण बहुमुखी क्याम्पस चोरमारामा किसन गैरे , कुमारवर्ती क्याम्पस कावासोतीमा संदेश पाण्डे , लुम्बिनी आइसिटी गैंडाकोटमा युमि गिरि सभापतिमा सर्वसहमत रुपमा चयन गरिएको उनले बताए।
समिति विस्तार कार्यक्रमलाई सहज, प्रभावकारी तथा छिटो गर्नका लागि प्रत्येक कलेजका लागि जिल्ला समितिले प्रतिनिधि तोकेर संबंधित प्रतिनिधिकै पहलमा समिती गठन गरिएको नेवि संघले जानकारी दिएको छ। संगठन विस्तारको काम छिटो सम्पन्न गर्ने हिसाबले जिल्ला समिती लागिरहेको समेत नेवि संघ नवलपुरका नेता लक्ष्मण रिजालले जानकारी दिएका छन।
स्ववियु निर्वाचन नजिकिदा नेविसंघ नवलपुरको संगठन विस्तार तिव्र