रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये २८ जना महिला र २९ जना पुरुष रहेका छन् ।
रुपन्देहीका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा शुक्रबार रुपन्देहीमा ५७ जना कोरोना संक्रमित थपिएका हुन् ।
शुक्रबार थपिएका संक्रमितहरुमा सबै भन्दा बढी ३० जना संक्रमित बुटवल उपमहानगरपालिकामा थपिएका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा १५, तिलोत्तमामा ५, देवदहमा १, रोहिणीमा ४, सैनामैना नगरपालिका र ओमसतिया गाउँपालिकामा एक एक जना संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितसंगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ११९० पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये ४९४ जना संक्रमण मुक्त भएका छन् भने ६८३ जना सक्रिय संक्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै शुक्रबार मृत्यु भएका ३ जनासँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । आज शुक्रबार सिद्धार्थनगरका ४५ वर्षिय पुरुष र ६५ वर्षिया महिला तथा बुटवलका ७८ वर्षिय पुरुषको मृत्यु भएको हो ।