राष्ट्रिय स्वतन्त्र पार्टी बाट कम समयमै उदायर सरकारमा गएको रबि लामिछाने लाई सपोट गर्दै लेखक तथा ब्यापारी कर्ण शाक्यले नया दिल्लिका मुख्य मन्त्री अरबिन्द केजरीवाल संग तुलना गर्दै आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेका छन।शुभ:प्रभात ! सबैको जय होस !!!
मानीस दुई किसीमको हुन्छन: एक रिएक्टिभ जो ‘हेरौला र सोचौला’ को टेक फर इट ग्रानटेड मा बाँच्छ। अर्को प्रोएक्टिभ- जो सोचेर गर्छ; सपना र बिपनाको तालमेल मिलाउंछ र भिजन मिसन को अर्थपूर्ण जिवन बाँच्छ; जो हरेक युक्तिमा अनेक जुक्ति निकालेर अगादी बढ़्छ।
रबी लामिछाने प्रोएक्टिभ हुन।बिदेशमा रोएर बसेन। स्वदेश फर्केर राजनीतिमा असाधारण छलांग मारे।सत्तामै पुगेर सुसासन ल्याउन खोजेछ।उसंग प्रश्नको जवाफ छ; कुनामा बसेर गुनासो पोख्दैन; बिकल्प निकाल्न खोज्छ।समस्या हैन, समाधान खोजीरहन्छ। त्यलैले उनलाई छित्तै शंका नगरौं। बेनेफिट अफ डाउट देउं।दिल्लीमा अरबिन्द केजरीवाल आउन सक्छ भने नेपालमा रबी लामीछाने किन आउन नसक्ने ?