ध्रुव जंग थापा- पोखरा
प्रतिनिधि सभ सदस्यमा रा.स्व.पार्टी बाट समानुपातिक सांसद बन्नु भएको डा. ढाका कुमार श्रेष्ठले पोखरा महानगरपालिका प्रमुखप्रशासकिय अधिकृत बिरेन्द्रदेव भारतीलाई भेटी पोखरा महानगरपालिकामा रहेको समस्या र रोकिएको परियोजनाको बारेमा बिस्तृतजानकारी लिनु भएको छ। भेटका क्रममा माननिय ढाका कुमार श्रेष्ठले पोखरा महानगरपालिकाको बसपार्क ब्यवस्थापन, सुकुम्बासीब्यवस्थापन, फोहोर ब्यवस्थापन र सार्वजनिक शौचालय निर्माणको बिषयलाई लिएर महानगरपालिकाको ध्यान आक्रषण गर्नु भएकोथियो। भने अन्य साना तथा अलपत्र परेका परियोजनाको बारेमा पनि जानकारि लिनु भएको थियो।
उहाले भन्नु भयो हामीलाई बहाना बनाउने छुट छैन अव कि गर कि मरको अवस्था छ महानगरले मलाई समस्या कहा कहा छ र कसलेकाम कार्वाहिमा रोकावट गरेको छ जानकारी गराउनु पर्यो मैले आफ्नो तर्फबाट दत्त चित्त भएर लाग्ने छु। उहाले भन्नु भयो।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ जना समानुपातिक सांसद मध्य आदिवासि जनजातिबाट डा. ढाका कुमार श्रेष्ठ प्रतिनिधि सभामा सांसदबन्नु भएको हो।