काठमाडौँ, १९ भदौ ।प्रधानमन्त्री केपि शर्मा ओलिको विश्वास पात्र तथा अत्यन्तै निकट मानिएका अर्थमन्त्री युवराज खतिवडाले आज ११ बजे पदबाट राजीनामा दिनेभएका छन्।प्रधानमन्त्रीले उनको निरंतरता चाहादा चाहदै पनि पार्टी भित्र पछिल्लोपटक बढेको विवाद मिलाउन तथा बामदेव गौतमलाइ रास्ट्रीय सभामा लैजानका लागि खतिवडालाई बिदाइ गर्न लागिएको बुझिएको छ । उनले अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदबाट राजीनामा दिन लागेका हुन्।आज ११ बजेपछी सुरु हुने मन्त्रिपरिषद् बैठकमा खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले बताएको छ ।युवराज खतिवडा ६ महिनाअघि नै सांसद पदमुक्त भए पनि छ महिना मन्त्री बनेका थिए । अर्थमन्त्री रहदा उनले खासै लोककल्याणकारी बजेट ल्याउन नसकेको भन्दै उनको आलोचना भैरहेको थियो।अर्थमन्त्रीबाट राजिनामा दिएपनी उनलाइ प्रधानमन्त्री ओलिले आफ्नो आर्थिक सल्लाहकार बनाउने सम्भावना रहेको छ।
अर्थमन्त्री खतिवडाले आज राजिनामा दिदै