बझाङ जिल्ला बाट प्रतिनिधिसभा सदस्य पद मा गठबन्धन का साझा उम्मेदवार पूर्वमन्त्री भानुभक्त जोशीको बन्ने पक्का भएकाे छ। समाजवादीका स्थायी कमिटी सदस्यसमेत रहेका जोशीलाई आगामी निर्वाचनमा प्रतिनिधिसभाका लागि एकल उम्मेदवार हुनुभएकाे छ । पूर्ववनमन्त्री जोशी यसअघि २०५१ सालमा प्रतिनिधिसभा सदस्य र २०६४ सालमा संविधानसभा सदस्यको रुपमा बझाङबाट निर्वाचित भएका थिए । ०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विरोधी कित्तामा रहेका थिए । जोशीले नेकपा एमाले विभाजन भएर समाजवादी पार्टी गठन भैसकेको केही समय पछि नेकपा एकीकृत समाजवादी राजेका थिए। गठबन्धनको भागबन्डामा एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका लागि तीन सिट पाउने भएपछि बझाङ जिल्लामा जोशी को टिकक पक्का भएकाे छ ।
बझाङ जिल्लामा गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी बन्ने पक्का दोरेन्द्र खड्का बझाङ