भाद्र १९,पोखरा। गण्डकी प्रदेशमा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पोखरा क्षयरोग उपचार केन्द्र र स्वास्थ विज्ञान प्रतिस्ठानमा गरिएको परिक्षणमा थप ४० जनाको नतिजा पोजेटिभ आएको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ।
पछिल्लोपटक संक्रमण पुष्टि हुनेहरुमा तनहुँको भानु नगरपालिकामा १ जना सहित २ जना,कास्कीको पोखरा महानगरपालिकामा १६ जना,नवलपुरको गैडाकोटमा १६ जना ,देवचुली नगरपालिकामा १ जना,लमजुङका ३ जना ,बागलुङका १ जना,स्याङ्जा १ जना रहेका छन।उनिहरु मध्य कतिपयलाई आइसोलेसनमा पठाइएको र कतिपयलाई लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय पोखराले जानकारी दिएको छ।
गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण