ध्रुव जंग थापा-नवलपुर
साइकल चलाऔ ,स्वास्थ्य बनौ भन्ने उद्देश्यले कावासोती साइकल ग्रुपको आयोजनामा कोरा च्यालेन्ज २०२२ अन्तर्गत ५० कि. मि . दुरीको साइकलिङ सम्पन्न भएको छ। नवलुरको कावासोती नगरपालीका कार्यलय अगाडी बाट नगर प्रमुख बिष्णु भुषालले रिवन काटेर सुरु गरिएको साइकलिङ हुप्सिकोट, चोरमारा,कलुवा हुदै अन्तमा कावासोतीको पानस होटलमा आएर सम्पन्न भएको थियो। कार्यक्रममा काठमाण्डौ ग्रुपका बिभिन्न सदस्यहरको पनी सहभागिता रहेको थियो। भने बिदेशी पाहुनाका रुपमा चाइनिज नागरिक मिस्तर लि ले पनी साइकलिङमा सहभागिता जनाउनु भएको थियो। त्यसैगरी देवचुली नगरपालीकाबाट पवन बुढाथोकी र बिनोद गुरुङको पनी सहभगीता रहेको थियो। कार्यक्रमलाई एक्यबद्धता जनाउदै नायक सम्रात सापकोटाले पनी साइकलिङमा भाग लिनु भएको थियो। कार्यक्रमको अन्तमा बोल्दै कावासोती वडा न. ८ को वडा अध्यक्ष भिम रिमाल गोकर्णले यि र यस्ता कार्यक्रमले मानव स्वास्थ्य र प्रयावरण साफा र शुन्दर राख्न मद्दत पुग्ने भएकाले आगामी दिनहरुमा पनी यस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। कार्यक्रममा कावासोती साइकलिङ ग्रुपका सदस्यहरु सहित करिब ७५ जना साइकलिस्तहरुको सहभागी रहेको थियो।