अमृत भट्टराई / बिहादी, पर्वत । सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् । पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ ,चढौँ भेँडाबाख्रा खाँदिएजस्तै खाँदिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ । सरकारले कोरोना भाइरस को समयमा स्वास्थ्य आचारसंहिता पालना गर्दै ५0% सम्म बढी भाडा लिन पाउने नियम गराएपनि त्यसको खिल्ली उडाउदै कोचाकोच मान्छे हालेर साबिक को भडामा २००% भन्दा बडी भाडा असुली गरिरहेका यात्रुले गुनासो गरेका छन् । पर्वत सदरमुकामदेखि दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका बाट सदरमुकाममा कुश्मा बजार सम्म गएको भाडा १ हजार देखि १२ सय सम्म भाडा तिर्न बाध्य भएको छन् । पर्वतको बिहादी गाउँपाकिका को रानीपानी, बर्राचौर, वहाकी बाट कुस्मा सम्म गाडीमा यात्रा गर्दा यातायात व्यवसायीले तोकेको भाडा ३९० देखि ४५० रहेपनि त्यो रकम भन्दा २००% बढी भाडा असुल्दै सवारी चालकले मनपरि गरेका छन। बर्राचौरका एक स्थानीयले बर्राचौर खहरेखोला देखि कुस्मा गएको १ हजार तिर्न बाध्य भएको भन्दै स्थानीय सरकारले सुनेर पनि नसुनेझैँ गरेेेको दुखेसो पोख्दै अरु धेरैले १ हजारका दरले बर्राचौर बाट कुश्मा गएको भाडा तिर्न बाध्य भएको बताए । त्यस्ता गाढि धनिलाइ सम्बन्धित निकायले खोजी गरि कारबाहीको प्रक्रिया अगाडि बढाउन स्थानीयले अनुरोध गरेका छन् । यातायात व्यवसायी पर्वतले तोकेको भाडा दर अनुसार बर्राचौर देखि कुश्माको भाडा ३९० रहेको पाइएको छ ।
दोब्बर भन्दा बढी भाडा असुलेपछी पर्वतका स्थानीय मारमा