नेपाली कांग्रेसका नेता तथा कांग्रेको भात्तृसंस्था नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष कर्नेल धनबहादुर मास्की रानाले आफू फेरि अध्यक्षमा दोहोरीन चाहेको बताएका छन् । भूतपूर्व सैनिक संघको अवधी गत जेठ २३ गते नै सकिएको हो । पार्टीले संघको अधिवेशन अहिलेसम्म पनि गर्न सकेको छैन । अध्यक्ष राना भूपू सैनिकहरूको हक अधिकारका लागि अगाडि बढिरहेका छन् । भूपूहरु एक नहुँदासम्म केही गर्न नसकिने उनले अनलाइनपानासँग बताए । भूपूहरूलाई आइटी फ्रेन्डली हुन् समेत आग्रह गर्दै आएका छन् । मुलुकभर रहेका १ लाख २५ हजार भूपू एक भएर अगाडि बढ्न सके जस्ता काम पनि सम्पन्न गर्न सकिने उनको ठहर छ । उनले १६ वटा जिल्लामा भुतपूर्व सैनिक संघको अधिवेशन भैसकेको बताएका छन् । नेपालमा ६० जिल्लामा भूतपूर्व सैनिक संघको संगठन स्थापना भएको रानाले जानकारी दिए । आफ्नो कार्यक्रकालमा कोरोना महामारी जस्ता कारणले गर्दा योजना अनुसार सबै काम गर्न नसकिएको उनको धारणा छ । संघमा फेरी पनि दोहोरीएर सबै भूपूहरुको समस्या समाधान गर्ने रानाको योजना छ । उनले भने, “मैले अझै धेरै काम गर्न बाँकी छ, भूपूहरुको धेरै समस्याहरु समाधान गर्नु छ, त्यसैले म एक पटक दोहोरीन चाहान्छु ।” यो कार्यकालमा आफूले भारतीय आर्मीका एकल महिलाहरुले विविध कारणले गर्दा पेन्सन नपाएको समस्या समाधान गरेको उनले बताएका छन् । उनले अनलाईनपानासँग भने, “मैले एकल महिलाहरुले पेन्सन नपाएको समस्या लिएर इन्यिन आर्मीको हेडक्वाटरमा गएर पहल गरेँ ।” १५ हजार एकल महिलाले पेन्सन नपाएको समस्यालाई सुल्झएको उनले बताए । भारतीय सेनामा कार्यरत शैनिकको निधन हुँदा भारतमै दाहसंस्कार गर्ने चलन ठिक नभएकोले नेपाल ल्याउन पनि पहल गरेको उनको भनाई छ । रानाले भूपू शैनिकहरु कै लागतमा नवलपुरमा युद्ध स्मारक बनाउन काम अगाडि बढाएको जानकारी दिएका छन् । अब आफुलाई पार्टीले फेरी पनि भूतपूर्व सैनिक संघको अध्यक्षमा मनोनित गरेमा कार्यरत तथा सेवा निवृत्तहरुको कानुनी समस्याको समाधान गर्ने उनको योजना छ । सबै राजनीतिक दलहरुमा भूपूहरु छन् तर संविधानमा भूपूहरुको समस्या नराखिएकोमा उनको असन्तुष्टि छ । अब आफूले प्रतिनिधि सभामा पनि भूपूहरु पुग्न पर्नेमा आवाज बुलन्द गर्ने उनले बताए । भूपूहरुको संसदमा नै अनिवार्य प्रतिनिधित्व हुनु पर्ने उनको भनाइ छ ।
संसदमा पनि भूपूहरुको प्रतिनिधित्व अनिवार्य : कर्नेल राना