कावासोती । प्रथम सेन्ट जोसेफ कप नक आउट फुटबल प्रतियोगिता २०७८ तेस्रो क्वार्टरफाइनल खेलमा सेन्ट्रल कलेज २८ बिगाहा युवा कल्बले महिन्द्रा ट्रेक्टर पटिहानी फुटबल कल्बलाई टाइब्रेकरमा ४-१ गोल अन्तरले पराजित गरेको छ। आजको खेलको म्यान अफ दि म्याच सेन्ट्रल कलेज २८ बिगाहा युवा कल्बका खेलाडी जर्सी नं १ छिरिङ तामाङ बनेका थिए । प्रथम सेन्ट जोसेफ कप नक आउट फुटवल प्रतियोगिता २०७८ मा प्रथम हुने टिमले नगद रु १ लाख ३० हजार नगद सहित , ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन भने उपबिजेता टिमले नगद रु ८० नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छ। भोलिको खेल अभिषेक चर्च रजहर र हरियाली युवा कल्ब रजहर बिच हुनेछ। सेन्ट जोसेफ कप नक आउट फुटबल प्रतियोगिता २०७८को मुख्य प्रायोजक काठमाण्डौको गोगंबु स्थित द नाम्स स्कुलको व्यवस्थापनद्वारा सन्चालित कावासोती-३ मा अव्सथित कावासोती सेन्ट जोसेफ बोर्डिङ रहेको छ भने सह-प्रायोजकमाअस्ट्रेलिया,जापान,क्यानडा,कोरिया,युरोप लगायतका देशहरुमा बिधार्थी भिषामा पठाउदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि. रहेको छ। अफिसियल मिडियामा गण्डकी आज तथा रेडियो सामर्थ्य एफ एम रहेको छ ।
पाटिहानिलाइ हराउदै सेन्ट्रल कलेज अठ्ठाइस विगाहा सेमिफाइनलमा प्रवेश