कावासोती ,पौष २७। नेकपा एमाले नवलपुरका प्रभावशाली नेता तथा पुर्वा संविधान सभा सदस्री जीवन श्रेष्ठले सक्रीय राजनितीबाट बिदा लिने घोषणा गरेका छन।उनले आज आफ्नो आधिकारिक सामाजिक संजाल फेसबुक एकाउन्टमा स्टाटस राखेर आफुले राजनैतिक जीवन बाट सन्यास लिएको घोषणा गरेका छन।झापा आन्दोलन बाट प्रभावित भएर कम्युनिस्ट राजनितिमा लागेका उनले पछिल्लो समय उत्पन्न असहज राजनैतिक परिस्थितिका कारणले राजिनामा भन्दै हिजो सम्पन्न एमाले नवलपुरको जिल्ला अधिवेशनलाई संकेत गरेका छन।उनले एमाले नवलपुरको अध्यक्षका आकाङ्क्षा राखेका थिए ।उनले राखेको स्टाटस तलको फोटोमा रहेको छ।
एमाले नवलपुरका प्रभावशाली नेता जीवन श्रेष्ठद्वारा सक्रिय राजनीतिबाट सन्यासको घोषणा