ज्ञानेश्वर उपाध्याय ,मर्चवार ,पौष २४। तिरुपती बालाजी ट्रेडर्सका संचालक बाबुराम भट्टराईले शनिबार एक कार्यक्रममा बोल्दै हामी सम्पुर्ण विद्युतीय ब्यवसायी एउटै नेटवर्क भित्र रहि देशलाई उज्यालो बनाउदै छौं भन्ने कुरामा जोड दिनुभएको छ । रुपन्देहीको बुटवल ११ स्थित महराजा रिसोर्टमा रुपन्देही विद्युतीय ब्यवसायी संघको १०औं वार्षिक साधारण सभा तथा छैठों अधिवेशनको सो कार्यक्रममा मन्तब्यका क्रममा जोड दिदै मैले मेरा अग्रज ब्यवसायीहरुको सामिप्य रहि प्रेरणा स्वरुप हार्सोनिक ब्राण्डलाई चिनाउदै छु भन्ने कुरा व्यक्त गर्नुभएको हो । सो कार्यक्रमको विशिष्ट अतिथी समेत रहेका भट्टराईले शुभकामना दिदै विद्युतीय व्यवसायी संघको नवनिर्वाचित समितीले संघमा आवद्ध न रहेका ब्यवसायीहरुलाई समेत जोडने र नमुना कार्य गर्ने भनी आशा ब्यक्त गर्नुभएका हुन । तिरुपती बालाजी ट्रेडर्सले नेपालको विभिन्न जिल्लामा रहेका विद्युतीय व्यवसायीहरुलाई जोडेको तथा आउने दिनहरुमा अन्य व्यवसायीहरुलाई एक अर्कालाई जोडन पुलको काम गर्ने भनी विशिष्ट अतिथी समेत रहेका बाबुराम भट्टराईले शुभकामना मन्तव्य ब्यक्त गरेको थिए । उक्त अधिवेशनमा नेपाल विद्युतीय ब्यवसायी महासंघ काठमाडौ , तथा विभिन्न विद्युतीय ब्यवसायी संघ मध्येका दाङ्ग,चितवन, पोखरा लगायतका विभिन्न ठाउबाट लगभग १६०/१७० जना ब्यवसायीको उपस्थिति रहेको उक्त अधिवेशनबाट अध्यक्ष मा लोकनाथ पोखरेल ,बरिस्ट उपाध्यक्ष शान्ताराज खरेल,प्रथम केशव कुमार सिंह ,द्वितीय उपाध्यक्ष चन्द्रकान्त भण्डारी,महासचिव सुर्य कुंवर,कोषाध्यक्ष बिष्णु भन्डारी , सचिव हरिलाल भन्डारी , सहकोषाध्यक्ष मधुसुदन श्रेष्ठ तथा सदस्यमा क्रमश रामबहादुर थापा,बसन्तदेव पौडेल ,पारिश्वर श्रेष्ठ ,टिकाराम गौतम ,रमा थापा क्षेत्री,अनिल सुजन कुवरं , उपेन्द्र अधिकारी र लेखा समिति संयोजक जनेश पन्थी र अनुगमन समिति संयोजकमा श्री भिमलाल अधिकारीको संघमा सर्वसम्मत चयन भएको उक्त कार्यक्रमको अध्यक्षता हरिहर ज्ञवालीले गर्नुभएको थियो भने संचालन चन्द्रकान्त भन्डारीले गर्नुभएको थियो ।
सम्पुर्ण विद्दुत व्यबसायी एक भएर देश उज्यालो बनाउन पर्नेमा भट्टराई जोड