कावासोती।नवलपुरको कावासोतिमा स्थापना भएर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक संस्था ॐ बिन्दु ट्रस्टले शिक्षा क्षेत्रको उन्ननयनका लागि अनुकरणीय कार्यहरु गर्दै आएको छ।संस्थाले अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारणले शिक्षा आर्जन गर्न समस्या परिरहेको विद्यार्थीहरु पहिचान गर्दै कक्षा १२ सम्म सम्पुर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ।ट्रस्टले हालसम्म ५५ जना आर्थिक अबस्था कमजोर भएका बालबालिकाको अभिभावकत्व ग्रहण गरिसकेको र आगामी दिनमा समेत आवश्यकता अनरुप पुर्ण छात्रवृत्ति प्रदान गर्दै जाने योजना रहेको संस्थाको संस्थापक अध्यक्ष बिन्दु केसिले जानकारी दिएकी छ्न।समाजमा अझै पनि आर्थिक अवस्था कमजोर भएर दैनिक जीवन यापन गर्न ,हातमुख जोड्न समेत समस्या भएका परिवारहरु रहेको हुदा उनिहरुलाइ अध्यनका लागि थप समस्या हुने महसुस गर्दै उनिहरुको उज्ज्वल भविष्यका लागि संस्थाले अभिभावकत्व ग्रहण गरिरहेको समेत केसिले बताइन। ट्रस्टले पछिल्लो समय कावासोती १ मा रहेको जनकल्याण माबीमा अध्ययन गर्ने ५ जना बालबालिकाको अभिभावकत्व ग्रहण समेत गरेको छ।उनिहरुले कक्षा १२ सम्म अध्यन गर्दा लाग्ने सम्पुर्ण खर्छ ट्रस्टले उपलब्ध गराउने छ।
अनुकरणीय कार्य गर्दै ॐ ज्योती बिन्दु ट्रस्ट,थप ५ विद्यार्थीको अभिभावकत्व ग्रहण