कावासोती,नवलपुर।कावासोतिमा यहि पुस ८ गतेबाट संचालन हुन गइरहेको खाना महोत्सवको पुर्व सन्ध्यामा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ।होटल व्यवसायी संघ नवलपुरको आयोजनामा संचालन हुन गैरहेको महोत्सवको ठिक अगाडि व्यवसायी ,प्रहरी तथा अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थितिमामहोत्सव स्थल तथा कावासोती क्षेत्र आसपास सरसफाइ कार्यक्रम आयोजना गरिएको होटल व्यबसायी संघका अध्यक्ष तथा महोत्सव संयोजक सन्तोष रानाले जानकारी दिए।साथै उनले महोत्सव आयोजनाको लागि तयारी अन्तिम चरणमा पुगेको र बाकी काम हरु समेत धमाधम भैरहेको जानकारी दिदै महोत्सवलाई भव्य रुपमा सप्पन्न गर्न सम्पुर्ण क्षेत्रका महानुभावहरुलाइ अपिल समेत गरेका छन।कार्यक्रममा होटल व्यवसायी संघका अन्य पदाधिकारी ,प्रहरी हरु तथा स्थानीय सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो।
खाना महोत्सवको पुर्व सन्ध्यामा सरसफाइ कार्यक्रम