काठमाडौँ, २५ मङ्सिर । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा डा. शेखर कोइरालाको प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारीले उपसभापतिमा उम्मेदवारी दिने हुनुभएको छ । स्रोतका अनुसार कोइरालाको प्यानलबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाम करिब सहमति बनेको छ । अन्य पदका लागि अझै पनि नेताहरु छलफलमा जुटिरहेका छन् । शनिबार साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । संस्थापनइतर पक्ष भने सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएपछि कोइराला र सिह दुबै सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सभापतिको उम्मेदवार नबन्ने बताइसक्नुभएको छ ।
शेखर टिममा धनराज गुरुङ र चन्द्र भण्डारी उपसभापतिमा फाइनल