काठमाडौ । नेपाली काङ्ग्रेसको १४ मौ महाधिवेशन संघारमा आइपुग्दा आकाङ्क्षीहरुले देशैभर बाट पदाधिकारी र केन्द्रिय सदस्यहरुमा उम्मेद्बारी घोषणा गर्ने क्रम तिब्र पारेका छन। नवलपुरबाट भने पदाधिकारीमा नभै सदस्यहरुमा हालसम्म १० जनाले उम्मेद्बारी दिने तयारी गरेको बुझिएको छ। यसबिच तरुण विभागका केन्द्रिय सचीव नवलपुर क्षेत्र न २ बाट महाधिवेशन प्रतिनिधि श्याम प्रसाद श्रेष्ठले केद्रीय समितिमा आफ्नो उम्मेद्बारी रहने प्रष्ट पारेका छन।उनले संस्थापन पक्षबाट आदिवासी जनजाती कोटाबाट उम्मेद्बारी दिने तयारी गरेको जानकारी गण्डकी आजलाइ दिएका छन।आफू संघ पार्टीलाई संचालन र संगठनलाई मजबुत बनाउने कला रहेको र युवाहरुलाइ जोड्दै सशक्त काङ्ग्रेस निर्माणमा आफुले उल्लेख्य भुमिका खेल्न सक्ने महसुस गर्दै केन्द्रिय सदस्यमा उम्मेद्बारी दिन लागेको श्रेष्ठले बताए। १३ औं महाधिवेशनमा महासमिति सदस्य भएका श्रेष्ठ देशभरका तरुण युवाहरुलाइ भेटघाट गर्दै तरुण दललाइ थप जुझारु र सक्रिय बनाउन निर्देशन दिदै आएका थिए।श्रेष्ठ विभिन्न तहका चुनाबमा पार्टीका उमेदवार जिताउन अत्यन्तै सक्रिय भएर लागेका थिए।
तरुण विभाग सचिव श्रेष्ठद्वारा केन्द्रिय सदस्यमा उम्मेद्बारी दिने तयारी