मुक्तिराम पौडेल, सुनवल । बुटवल नारायणगढ सडकखण्ड निर्माण कार्यको सुरुवाती क्षणमा तीव्रता देखाए ता पनि सडकखण्ड ले पछिल्लो समय तीव्रता पाउन सकेको छैन।निर्माण कार्य सुरुवात भएको झण्डै २ वर्ष बितिसक्दा पनि निर्माण कार्यले तीव्रता नपाएको स्थानीयबासीहरु बताउछन्।पुलहरूको निर्माण कार्यमा सहजीकरण गराउन भनी विभिन्न ठाउँमा बनाइएका डाइभर्सन हरु बेलाबेलामा भारी वर्षाका कारण ले गर्दा बगाउने र भासिने गरेका छन् र बाटो नै अवरुद्ध हुने कारण ले सर्वसाधारणहरुलाई अझ सास्ती व्यहोर्नुपरेको छ पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे सडकका कारण स्थानीय तथा यात्रुलाई सास्ती व्यहोर्नुपरेको छ।अझ पछिल्लो समय लकडाउन खुकुलो भए संगै बढ्दो यातायातका साधनहरु को चापले गर्दा दुर्घटनाको जोखिम उत्तिकै बढ्दै गएको छ।
बुटवल-नारायणगढ सडक बिस्तार ढिलो हुदा सर्वसाधारणलाई सास्ती