देवचुली । प्रथम बैवाहिक बर्षगाँठको अवसरमा ने.वि.संघ नवलपुरका पूर्व केन्द्रिय सदस्य आरसी भट्टराई दम्पतीले स्वास्थ्य सामाग्री वितरण गरेका छन् । देवचुली नगरपालिका वडा नं ३ मा रहेको दुम्कौली कोभिड अस्पताललाई भट्टराई दम्पतीले बिहिबार अस्पताललाई २० सेट पि.पि.ई, ५ हजार पिस सर्जिकल मास्क र ५ लिटर सेनिटाईजर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता दुम्कौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एंव वडा नं ३ का वडाध्यक्ष गोपालराज शर्मा लम्सालले गरेका थिए भने प्रमुख आतिथि देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख श्रेष्ठले यस विपदको समयमा बैवाहिक बर्षगाँठको अवसरमा दुम्कौली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको धन्यवाद व्यक्त गरे । उनले अस्पतालले स्वास्थ्य सामाग्रीको सहि तरिकाले सदुपयोग गर्नेमा आँफू विश्वस्त रहेको समेत बताए । कार्यक्रममा देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, भट्टराई परिवार लगायतको उपस्थिती रहेको थियो ।
प्रथम वैवाहिक वर्षगाठमा भट्टराई दम्पतीद्वारा स्वास्थ सामाग्री सहयोग