इमरान खान, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दरबन्दी हुनुभएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन । प्रहरी नायब उपरीक्षक भण्डारीले विभागिय मुल्य ९ मान्यता, आदेश ९ निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएका छन। साथै विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । संघिय प्रहरी ईकाई कार्यालय भैरहवा रुपन्देहीबाट यस कार्यालयमा निरीक्षण तथा भ्रमणको क्रममा पाल्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक शुसिल कुमार यादव द्वरा कार्यालयको हिरासत कक्ष, अपराध अनुसन्धान शाखा निरीक्षण गरी आवश्यक निर्देशन दिनु भई प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाइ २०७८ साल जेष्ठ महिनाको निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै (BEST POLICE OF THE MONTH) प्रसंशा पत्र प्रदान गर्नुका साथै उत्कृष्ट कार्यको कदर गर्दै अन्य प्रहरी कर्मचारिहरुलाई पुरस्कार पत्र प्रदान गर्नु भएको छ ।
प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लाकै सर्वोत्कृष्ट प्रहरी प्रसंशा पत्रद्वारा सम्मानित