उत्तमकुमार थापा, बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङद्वारा अवैध मदिरा नष्ट गरिएको छ । केही समय अगाडि जयपृथ्वी नगरपालिका वडा नम्बर १० चैनपुर बजारमा रहेका विभिन्न हाेटलहरुमा छापा हान्दै बरामद गरेकाे १७ सय २० लिटर मदिरा आज जिल्ला प्रहरी कार्यालय बझाङकाे कार्यालय परिसरमा रहेकाे एक खाल्डाेमा गाडीएकाे ईन्सपेक्टर कमल प्रशाद चाैधरीले बताए । काेभिड १९ को माहोलमा पनि केही टिनका टहरामा भिडभाड हुने गरेको थाहा पाएपछि प्रहरीले छापा हान्दै ठुलाे परिणाममा बरामद गरेकाे ईन्सपेक्टर चाैधरीकाे भनाइ छ ।
प्रहरीद्वारा १७ सय २० लिटर अवैध मदिरा नष्ट